मैथिली साहित्यकारहरुको रचना आन्दोलनमय

मैथिली साहित्यकारहरुको रचना आन्दोलनमय
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ कार्तिक । जारी आन्दोलनलाई थप उर्जा प्रदान गर्न मैथिली साहित्य परिषद् राजविराजद्वारा शनिवार साहित्यिक गोष्ठिको आयोजना गरियो ।

स्थानीय सहीद दशन चौकमा आयोजित साहित्यिक गोष्ठिमा जिल्लाका मुर्धन्य साहित्यकारहरुले कविता वाचन गरेका छन् । जारी मधेश आन्दोलनको मागलाई राज्यपक्षले सम्बोधन गर्नुको साटो बन्दुकको बलमा चरम दमन गरिरहेको तथा त्यस विरुद्ध सशक्त रुपमा जनजागरण जगाउने, आन्दोलनलाई थप उर्जा दिने विषयवस्तु समेटिएका साहित्यिक रचना प्रस्तुत गरिएको छ । साहित्यिक गोष्ठिमा युवादेखि पाको उमेरका साहित्यकारहरुले रचना वाचन गरिरहँदा उल्लेख्य जनसहभागिता रहेको थियो । DSC03197
कार्यक्रममा प्रा. अमरकान्त झा, वरिष्ठ साहित्यकार रामनारायण देव, विष्णुकुमार मण्डल, देवेन्द्र मिश्र, खेलानन्द झा, मीना ठाकुर, करुणा झा, श्यामसुन्दर यादव, साधना झा, आभासेतु सिंह, किरण झा, सुमित्रा दास, पंकज कुमार झा, पिंकी झा, भूपेन्द्र भूप, श्रीराम मण्डल, कृष्णकुमार खङ्ग, केशव कर्ण, भूपेन्द्र मण्डल, सञ्जीव सप्तरीया, रमिला साह लगायतका साहित्यकारहरुले कविता, गीत, गजल प्रस्तुत गरेका छन् । परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन उपाध्यक्ष सतिश कुमार दत्तले गरेका छन् ।

 DSC03187

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *