• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एमपिएलको सेमी फाइनलमा गणपति र अर्नाहा टिम

राजविराज, २१ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको आठौं दिनको पहिलो क्वाटर फाइनल खेलमा गणपति टिम रुपनी २७ रनले जीत हात पार्दै सेमी फाइनलमा प्रवेश गरेका छन् ।
शनिवारको खेलमा गणपति टिम र मधेश लायन्स टिम बीचको खेलमा गणपति टिम विजयी भएको हो । जसमध्ये गणपति टिमका रोनित सिंह ५३, सौरभ १३ र लभले १२ रन जोड्न सफल भए भने अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ मधेश लायन्स राजविराज टिमका नितेश ५ विकेट लिए भने विवेक चौरसिया ३ र सुरेन्द्र यादवले १ विकेट लिए । यसरी मधेश लायन्सका ब्याट्सम्यान दिपेन्द्र २३, बिवेक चौरसिया १८ रन लिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ गणपति टिमका रोनित सिंह ३, विजेन्द्र र राकेशले २–२ विकेट र अशोक १ विकेट लिए । गणपति टिमका रोनित सिंह म्यान अफ द म्याच घोषित भए ।
यसैगरी अर्नाहा र युथ क्लव राजविराज बीचको खेलमा अर्नाहा ३३ रनले विजयी हात पारे । जसमध्ये अर्नाहाका रामपुकार चौधरी ४०, कृष्णा १९ र शिवले १८ रन बनाए भने अन्य ब्याट्म्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ युथ क्लव राजविराजका बिवेक २, अनिल, दिपक र जयले १–१ विकेट लिए । ब्याटिङ्गतर्फ युथका दिपेन्द्र १७ र जितेन्द्रले १३ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन । बलिङ्गतर्फ अर्नाहा राधे ३, रामपुकार २, बिवेक, चेकेन्द्र, सरोज र बीरबहादुरले एक–एक विकेट लिए । जसमध्ये अर्नाहाका रामपुकार चौधरी म्यान अफ द म्याच घोषित भए ।
आइतवारको पहिलो खेल मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरी र मधेश फ्रिडम टिम तथा रञ्जितपुर राइडर्स र बरहीबिरपुर बीच बीच हुने आयोजक मेसुका सचिव तीर्थनारायण दासले जानकारी दिए ।