• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पाँचौ दिनको खेलमा एमपिएल आयोजक टिम विजयी

राजविराज, १८ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको पाँचौं दिनको पहिलो खेलमा आयोजक टिम विजयी भएको छ ।
राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित उक्त खेलमा आयोजक मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन टिमले टस जितेर पहिले ब्याटिङ्ग गर्दै निर्धारित १८ ओभरको खेलमा १०८ रनको चुनौती इनडिपेन्डेन्ट मधेशी टिमलाई दिए । जसमध्ये अञ्जनी चौधरी ३६ र सशांक शेखरले ३० रन जोड्न सफल भए । यसैगरी अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ इनडिपेन्डेन्ट मधेशी टिमका एकवाल डिसी ५, लिलाकान्त ठाकुर ३ र सागर झा १ विकेट लिए । प्रतिउत्तरमा लक्ष्यलाई पछ्याउँदै इनडिपेन्डेन्ट मधेशीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सफल भए । जसमध्ये प्रविन १८, एकवाल १४, नितेश यादव ६ रन बनाउँदै नटआउट रहे ।
मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन (मेसु)का मनिस दास, ३, तीर्थनारायण दास ३, श्यामकिशोर मण्डल र प्रमोद यादवले एक–एक विकेट लिन सफल भए । जसमध्ये मेसुका मनिस दास म्यान अफ द म्याच घोषित भएको आयोजक मेसुका सदस्य सावन चौधरीले जानकारी दिए
यसैगरी दोस्रो खेलमा अर्नाहा र भारदह टिम बीचको खेलमा अर्नाहा टिम विजयी भएको छ । अर्नाहा टिमले टस जितेर निर्धारित २० ओभरमा १३६ को चुनौती भारदह टिमलाई दिए । जसमध्ये राधेश्याम चौधरी, रामपुकार चौधरी र बीरबहादुरले २५–२५ रन जोड्न सफल भए । सोही टिमका विवेक चौधरी १३ र सरोज चौधरी, मनोज र कृष्णाले ११–११ रन जोड्न भ्याए ।
बलिङ्गतर्फ भारदह टिमका शंकर खड्गा २, सुजित राउत, छोटु मण्डल र पप्पुले एक–एक विकेट लिए पनि टिमले जीत हात पार्नसकेन । भारदह टिमको तर्फबाट शंकर खड्गाले २२ रन लिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन् सकेन ।
बलिङ्गतर्फ अर्नाहा टिमका रामपुकार चौधरी ४, राधेश्याम चौधरी, बिवेक चौधरी, चेकेन्द्र, बीरबहादुर चौधरी र शिवकुमार चौधरीले एक–एक विकेट लिए । खेलको म्यान अफ द म्याच रामपुकार चौधरी घोषित भएको मेसुका सह–सचिव ई. ओमनारायण यादवले जानकारी दिए । उनका अनुसार विहीबार पहिलो खेल आयोजक मेसु र मधेशी हिरोज तथा लहान टिम र बरहीबिरपुर टिम बीच हुनेछ ।