Top_Header_Right_Add

आफ्नो नागरिक मारिएकोप्रति भारतको चासो

आफ्नो नागरिक मारिएकोप्रति भारतको चासो

काठमाण्डौ, १६ कार्तिक । पर्साको बीरगञ्जमा प्रहरीको गोली लागेर एक भारतीय नागरिक मारिएपछि भारतीय विदेश मन्त्रालयले चासो व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले सोमवार एक विज्ञप्ती जारी गर्दै मधेशको समस्या बल प्रयोग गरेर नहुने सुझाव नेपाल सरकारलाई दिएको छ । हाल मधेशमा मुठभेडको अवस्था देखिएको भन्दै विश्वसनीय एवम् प्रभावकारी तवरबाट अविलम्ब सम्बोधन गर्न प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।
सीमा आसपासमा भएको घटनाले भारतीय यातायात व्यवसायीहरु त्रसित भएको भन्दै उनीहरुलाई जोखिममा नपर्न समेत विदेश मन्त्रालयले आग्रह गरेको छ । 02112015051741Ind-600x0वर्तमान परिस्थितिको विषयमा आफूहरुले सुक्ष्म अवलोकन गरिरहेको जनाएका छन् । प्रदर्शनका क्रममा रक्सौल नागारोड वडा नम्बर–१५ निवासी आशिष कुमार रामको मृत्यु भएको हो । भारतले मारिएका राम भातीय नागरिक निर्दोष रहेको विज्ञप्तिमा उल्लेख छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer