• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

एमपिएलको दोस्रो दिन गणपति र रञ्जितपुर राइडर्स विजयी

एमपिएलको दोस्रो दिन गणपति र रञ्जितपुर राइडर्स विजयी

राजविराज, १५ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको दोस्रो दिनको पहिलो खेलमा गणपति टिम विजयी भएको छ ।

राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित उक्त खेलमा गणपति टिमले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा १८२ रनको चुनौती मधवापुर टिमलाई दिए । जसमध्ये रञ्जित सिंहले ६७, अमल दास ४५, विजय मण्डल ३५ रन बनाउन सफल भए । बलिङ्गतर्फ मधवापुरका तिलेश्वर मण्डल २, अजय मण्डल, १ र मनु मण्डलले १ विकेट लिए ।
प्रतिउत्तरमा लक्ष्यलाई पछ्याउँदै मधवापुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०७ रनमै चित्त बुझाए । गणपति टिम ७६ रनको अन्तरले विजयी घोषित भए । खेलको म्यान अफ द म्याच गणपति टिमका रञ्जित सिंह घोषित भए ।
आइतवारको दोस्रो खेलमा रञ्जितपुर राइडर्स र मिथिला सनराइजेज टिम बीच भएको छ । रञ्जितपुर टिमले पहिलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा १६१ रनको चुनौती मिथिला सनराइजेजलाई दिए । जसमध्ये गुणानन्द राय ५१, बिक्रान्त ३४, रबिन्द्र यादव १८, सञ्जय यादव, जीवन राय १० रन बनाउन सफल भए । बलिङ्गतर्फ मिथिला सनराइजेजका शिवेन्द्र २, अमित २, आयुष र इन्द्रजीतले एक–एक रन लिन सफल भए । उक्त लक्ष्य पछ्याउँदै सनराइजेज ७८ रनमा अलआउट भए ।
सुशान्त २४, शिवेन्द्र १५ रन बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोडन सकेन । जसमध्ये रञ्जितपुरका गुणानन्द राय ४, विकान्त संजीत, सञ्जयले एक एक विकेट लिन सफल भए । जसमध्ये रञ्जितपुरका गुनानन्द राय म्यान अफ द म्याच घोषित भएको आयोजक समितिका सचिव तीर्थनारायण दासले जानकारी दिए । सोमवारको खेल मोडेल कलेज र खरसाल युवा तथा मधेश लायन्स र डकही भारत बीच हुनेछ ।