• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गाउँ–गाउँमा मधेश आन्दोलनको लहर

12187693_1206846149332082_7985798358656309387_n
सप्तरीको बेल्हीचपेनामा आयोजित विरोधसभाको एक दृष्य । तस्विरः मिथिलेश यादव

राजविराज, १४ कार्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टीका बरिष्ठ राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंहले निर्णायक आन्दोलन बाहेक अर्को विकल्प नरहेको भन्दै सम्पूर्ण  उर्जा आन्दोलनमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।
सम्पूर्ण नाका तथा राजमार्ग पूर्ण रुपमा ठप्प पारेर इन्धन, खाना पकाउने ग्यास लगायत सम्पूर्ण दैनिक उपभोग्य सामग्रीको आपूर्ती रोक्नुपर्नेमा उनले जोड दिए । राज्यले माग सम्बोधन गर्न नचाहेको भन्दै अब पनि राज्य गम्भीर नभए मधेश प्रदेशको नारा परिवर्तन भई मधेश देशको नारा लाग्नसक्ने चेतावनी दिएका छन् । राज्यले शान्तिपूर्ण रुपमा मधेशको आवाजलाई बेवास्ता गरेकोले मुहतोड जवाफ दिनका लागि गाउँगाउँका प्रत्येक घरबाट आन्दोलनमा सहभागिता जनाउन नेता सिंहले आह्वान गरे ।
आन्दोलन परिचालन समिति बेल्हीचपेनाका अध्यक्ष राजकुमार मण्डलको अध्यक्षतामा आयोजित सभामा विशिष्ठ अतिथि नेपाल सदभावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास कुमार तिवारी, संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र प्रसाद चौधरी, दिनेश यादव, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश प्रसाद यादव, मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादव, मोर्चाका नेता सत्यनारायण यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, फोरम गणतान्त्रिक जिल्ला अध्यक्ष नरेन्द्र यादवले शान्तिपूर्ण आन्दोलनबाटै राज्यपक्षलाई घुँडा टेकाउने बताए ।
सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, उपाध्यक्ष सतिश कुमार सिंह, नेपाल सदभावना पार्टी जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, वैद्य माओवादीका बिशेश्वर मण्डल, क्षेत्र न. ४ का क्षेत्रिय संयोजक अमरनाथ यादव, समाजसेवी बिश्वजीत सिंह, गाबिसका पूर्व अध्यक्ष मुखिया हरिलाल मण्डल, रामअवतार मण्डल, बिशेश्वर मण्डल, जय नारायण यादव, भोला मण्डल, बद्री यादव, धर्मराज मण्डल, तेज नारायण यादव, मिथिलेश यादव, अमरेन्द्र यादव तमलोपा विद्यार्थी फ्रन्टका केन्द्रीय सदस्य बिशेश्वर मण्डल लगायतले मन्तव्य व्यक्त गरे ।