Top_Header_Right_Add

न विर्सनु है 

न विर्सनु है 

उमेश अन्जान, सप्तरी

हेरे मैले मेरो भाग्य रोएको
मेरै अगाडि आफ्नो पराई भएको
गर्न सक्छु बिवस्ताको कल्पना
तीमीलाई बिवस देखेको दिन को सम्झना

कती भन्न चाहे मैले मेरा मनका पिर
झुकएर बसेको थिए, मैले मेरा सिर
एक छिनको लागि भऐ पनि रुवाएथे तीमीलाई
आज त्यही भएर रुनु पर्‍यो मलाई

कसरी गर्न सक्छु, अतित दिनको सम्झना
मिल्दथियो जहाँ तिम्रो र मेरो बेदना
रिसाएर भएपनी मलाई हसाउँने तिम्रो बानी
तिम्रा उपदेश अनी सहयोगि हात अमृत कि खानि

धेरै सहेर बस्यो, दिई शाहनशिल्ता को परिचय
मैले खोजेको सबै गुन तिमीमै थियो साचै
केही हुन्थ्यो शायद, मैले आफ्नो मानेको भऐ
तिम्रो त्यो भाबनाले आत्मसात स्विकारेको भऐ

भाबना मिलेरै के हुनु मिलन हुन न सके
भ्रमात्मक समाजमा हतमा हात हालेर बसे
तोडनुथियो जात्पात अनी प्रथा दहेजको
असफल भऐ लगाएर लुगा सामाजिक लाजको

कती शाहयोग गर्‍यो तिमीले मलाइ
जाँदा जादै कोरेर गयो जिन्दगीमा सलाइ
दु:ख र सुख म दियौ साथ तिमी
गयो मेरो जिन्दगिबाट पराइ बनी

कती पिरोल्छ मलाई तिम्रो त्यो शब्द ले
तिमी कहिले आफ्नो बनाउदैन भने
रोएर भऐपनी बुझाउँछु मनलाई
यो पनि परिक्षा दिऐ जिवन लाई

सम्मान गर्छु म् तिम्रो सहयोगि हातको
मलाई केही गरेर देखाउने बनेको सोचको
अघी बढेर आफ्नो लक्ष तर्फ हिंड्ने छु
अनत्यमा आफ्नो सपना साकार पार्ने छु

नशा छाउँछ तिम्रो त्यो नसलु नयनको
पग्लिन्थयो बती जस्तो मैन को
पुछी दिएर आसुँ तिम्रो बाचा गराऐ छु
मेरो करण कहिले रुदैनो भन्ने कसम खुवाऐ छु

शुभ – कामना छ तिमीलाई दाम्पत्य जीवन को
नयाँ सपना अनी नयाँ संसार को
समझी राखछु जीवन भर तिमीलाई
न बिर्सनु है तिमीले पनि मलाई

About The Author