राजविराज,१० कार्तिक । मधेशी मोर्चा सप्तरीले विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै मङ्गलवार राजविराजमा विरोधसभाको आयोजना गरेको छ ।
स्थानीय सहीद दशन चौकमा आयोजित विरोधसभामा राजनितीकर्मी सूर्यनारायण मण्डल ‘कुरुड’, किसान मञ्चका महासचिव अमरकान्त झा, विद्यार्थी नेता ध्रुव देव, शिक्षक कपलेश्वर मण्डल, तुफान मधेशी, विनोद मण्डल, पञ्चदेव यादव, आशिष सिंह, रामकिसुन यादव, भूपेन्द्र यादवलगायतले मन्तव्य व्यक्त गरेका छन् । युवा विद्यार्थी मोर्चाका सह–संयोजक तारकेश्वर यादवको अध्यक्षता सभाको आयोजना गरिएको थियो ।