राज्यपक्ष घुँडा टेक्न बाध्य हुनेछः महासचिव सुमन

राज्यपक्ष घुँडा टेक्न बाध्य हुनेछः महासचिव सुमन
Bwtech New Add With Software & Bull SMS

morchaराजविराज,१० कार्तिक । सदभावना पार्टीका महासचिव मनिस कुमार सुमनले शान्तिपूर्ण आन्दोलनबाटै राज्यपक्षलाई घुँडा टेकाउन बाध्य पार्ने बताएका छन् ।
मधेश प्रेमी युवा समुहद्वारा मङ्गलबार सप्तरीको बिषहरिया गाविस ८ स्थित भगवति मन्दिर प्राङ्गणमा आयोजित ‘जारी मधेश आन्दोलन आ मधेशक भावी कार्यदिशा’ विषयक अन्तरक्रिया तथा बिरोध सभामा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले जारी शान्तिपूर्ण आन्दोलन अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित भईसकेको प्रष्ट्याउँदै भने ‘ शान्तिपूर्ण आन्दोलनबाटै राज्यपक्षलाई घुँडा टेकाउन बाध्य पार्नेछौं ।’ मधेश प्रदेश कायम नभएसम्म जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने उनले दावी गरे । ‘आन्दोलनलाई सशक्त पारेर काठमाण्डौको दानापानी बन्द गर्नु जरुरी छ’ महासचिव सुमनले भने ‘आन्दोलनलाई अझ लक्ष्यमा पुर्याउन सम्पुर्ण मधेशी जनसमुदायलाई आग्रह छ ।’ शान्तिपुर्ण आन्दोलनमा राज्यपक्षले गरेको दमन घोर निन्दनीय रहेको उनले बताए ।
कार्यक्रममा बिशिष्ट अतिथि संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले नाका र राजमार्ग पुर्ण रुपमा ठप्प पारी अधिकार र पहिचानको  सशक्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा मधेश प्रेमी युवा समुह बिषहरियाका संयोजक ईन्जिनियर नविनचन्द्र देवको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार रामनारायण देव, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, नेकपा माओवादीका केन्द्रीय सदस्य छेदी यादव ‘रञ्जित’, तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य साधना झा, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावित्री पण्डित, युवा नेता युसुफ अलिले माग पुरा नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, राष्ट्रिय मधेश  समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, मधेश रक्षा वाहिनीका जिल्ला अध्यक्ष विनोद कुमार यादव, बिषहरिया गाविसका पूर्व अध्यक्षद्वय गङ्गाराम यादव, राजेन्द्र प्रसाद यादव, सदभावना पार्टी निकट महिला मञ्चकी केन्द्रिय कोषाध्यक्ष पुनम यादव, आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झाले मन्तव्य व्यक्त गरे । यसैगरी टेकनारायण यादव, राजेन्द्र प्रसाद यादव, युवा नेता नवनित झा, गोपीकृष्ण यादव, हिरा प्रसाद देव, श्यामनारायण यादव, उपमा देव, रमिला साह, प्रेमनारायण चौधरी, त्रिलोकीनाथ चौधरी, महेश कुमार देव, सौरभ देव, गुलाब यादव, भोगेन्द्र देव, एकनाथ देव, रामप्रसाद चौधरी, नन्दकिशोर चौधरी, बलराम यादव, बिपिनचन्द्र देव, जगनारायण यादव लगायतले बिचार व्यक्त गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *