• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानमा ७.७ रेक्टर स्केलको भूकम्पः तीन दर्जनको मृत्यू

नयाँ दिल्ली, ९ कार्तिक । दिल्ली एनसीआर सहित उत्तर भारतमां सोमवार दिउँसो करिब पौने तीन बजेको समयमा भूकम्पको ठूलो झटका महशुस गरिएको छ ।
केही समयको फरकमा दुई पटक भूकम्पको तीब्र झट्का महशुस गरिएको हो । उत्तर प्रदेश, मध्यप्रदेश, जम्मू–कश्मीर, पंजाब, हरियाणा र राजस्थानमा पनिं भूकम्पको झटका  महशुस गरिएको छ । प्राप्त जानकारी अनुसार पाकिस्तानमा पनि भूकम्पको ठूलो धक्का महशुस गरिएको छ ।
अफगानिस्तानको फैयाजाबादमा भूकम्पको केन्द्र रहेको थियो । यो ईलाका हिन्दुकुश क्षेत्र हो ।. भूकम्पको तिब्रता ७.७  रेक्टर स्केल मापन गरिएको छ । पाकिस्तानको पेशावरदेखि यो ईलाका २ सय ६० किलोमीटरको दुरीमा रहेको छ । भूकम्पका कारण उक्त क्षेत्रहरुका वासिन्दाहरु त्रसित भएका छन् । क्षतिको पूर्ण विवरण आउन नसके पनि हालसम्म करिब तीन दर्जन व्यक्तिले ज्यान गुमाएको तथा हज्जारौ व्यक्ति घाइते भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएको छ ।
भूकम्पपछि सुरक्षा अवस्थालाई कडा पार्नुका साथै दिल्लीमा मेट्रो सेवा सञ्चालनमा समेत रोक लगाइएको छ । भारतीय मौसम विभागले दिएको  जानकारी अनुसार भूकम्पको तीव्रता ७.५ रेक्टर स्केल रहेको छ । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दूकुश क्षेत्रमा रहेको थियो । अफगानिस्तानमा मात्र करिब दुई दर्जनले ज्यान गुमाएको समाचार छ ।

हुंजामा भूकम्पका कारण देखिएको ल्याण्डस्लाइडको तस्विर । सौजन्यः दैनिक भाष्कर डटकम ।