• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चीनमा मोबाइल फोन प्रयोगकर्ता ९४.५ प्रतिशत

बेइजिङ । चिनियाँ अधिकारीहरूले यहाँको जनसङ्ख्याको ९४.५ प्रतिशत मोबाइल फोनकर्ता रहेको बताएका छन् ।

जुन महिनाको अन्त्यसम्ममा यी प्रयोगकर्ताको सङ्ख्या ९४.५ प्रतिशत रहेको बताइएको हो । सन् २०१५को पहिलो छ महिनामा यो तथ्याङ्क देखिएको हो । यो पहिलो छ महिनामा मात्र फोन प्रयोग गर्ने सङ्ख्या ६८ लाख रहेको थियो । यी पूर्ण रूपमा नयाँ प्रयोगकर्ता रहेका थिए ।16693_China_iPhone_Girl

चीनमा मोबाइल फोन प्रयोग गर्ने नागरिकको सङ्ख्या एक अर्ब २९ करोड रहेको बताइएको छ । चीनको उद्योग तथा सूचना प्रविधिसम्बन्धी मन्त्रालयले सो जानकारी दिएको बताइएको छ । चीनको बेइजिङ, साङ्घाई, गाउन्दोज, झेजियाङलगायतका नौ प्रान्तमा मोबाइल फोन प्रयोग गर्ने व्यक्तिको सङ्ख्या सय प्रतिशत नै रहेको पनि सो समाचारमा जनाइएको छ ।

त्यसैगरी ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताहरू समग्र मोबाइल फोन प्रयोगकर्तामध्ये कम्तीमा पनि ५२ प्रतिशत रहेका उक्त तथ्याङ्कमा देखाइएको छ । त्यस्तै ४ जि मोबाइल प्रयोगकर्ता चीनमा समग्र मोबाइल प्रयोगकर्ताको कम्तीमा पनि २५ प्रतिशत रहेको पाइएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा