• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट : नेपालको लगातार तेस्रो जीत

आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट : नेपालको लगातार तेस्रो जीत

 

 काठमाडौँ – मलेसियामा जारी आइसिसी १९ वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा संयुक्त राज्य अमेरिकालाई ६ विेकटले पराजित गरेको छ .

खराब मौसमका कारण खेल प्रभावित भएपछि ४८ ओभरमा छोट्याएको खेलमा अमेरिकाले नेपाल सामु डकवर्थ लुइसको आधारमा १ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
मलेसियाको क्वालालम्बुरस्थित किनररा एकेडेमीमा सम्पन्न खेलमा नेपाली बलर अमेरिकी ब्याटस्म्यानमाथि हाबी हुँदा ४६ ओभरमा अमेरिकाले सबै विकेट गुमाउँदै १ सय ९ रन मात्र बनायो । अमेरिका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुले ।
ओपनर सागर पटेलले सर्वाधिक ४४ रन बनाएर नटआउट रहेका छन् भने तोसिदुल इस्लामले १४ रन तथा गौरव पटनाकरले ११ रन बनाए । नेपालका लागि प्रेम तामाङले पाँच विकेट लिए भने आरिफ शेखले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा नेपालका तर्फबाट योगेन्द्र सिंह कार्किले नटआउट ५३ रन बटुले । उनले यस क्रममा ११ चौका प्रहार गरे । त्यस्तै सुनिल धमलाले १७ र सौरभ खनालले १६ रनको योगदान दिए ।

जारी प्रतियोगितामा यसअघि  खेलेको दुई खेलमा नेपालले दुवै खेलमा जित हासिल गरेको छ । नेपाली युवा टोलीले पहिलो खेलमा पपुवान्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गरेको थियो भने दोस्रो खेलमा युगान्डालाई १७१ रनको भारी अन्तरले पराजित गरेको थियो ।
विभिन्न पाँच टोलीले भाग लिएको उक्त प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा र पपुवान्युगिनी सहभागी छन् । उक्त छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने १९ वर्षमुनिको विश्वकप च्याम्पियनसीप खेल्न पाउनेछ ।
उन्नाइस वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्रहरू वेष्ट इन्डिज, अस्ट्रेलिया, जिम्बाब्वे, बङ्गलादेश, बेलायत, न्युजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र भारत सहभागी हुनेछन् ।
त्यस्तै, उक्त प्रतियोगिताका लागि स्कटल्याण्ड, अफगानिस्तान, नामिबिया र क्यानाडाले छनोट चरण पार गर्दै विश्वकपको यात्रा तय गरिसकेका छन् । उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले भारतको नयाँ दिल्लीमा दुई हप्ता अभ्याससमेत गरेका थिए । रातोपाटीबाट