• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानिय

बन्द खुकुलो बनाउन यातायातव्यवसायीको आग्रह

राजविराज, २९ असोज । लामो बन्दका कारण आफूहरु मारमा परेको भन्दै सप्तरीका यातायातव्यवसायीहरुले बन्दलाई खुकुलो बनाउन आग्रह गरेका छन् ।
सगरमाथा यातायात संघको सभा कक्षमा आयोजित कार्यक्रममा यातायात ब्यवसायीहरुले आन्दोलनरत पक्षसँग आग्रह गरेका छन् । बन्दका कारण यातायात नचल्दा यातायात व्यवसायीका साथै त्यसमा कार्यरत मजदुरहरु समस्यामा परेकोले यातायात सुचारु गर्न सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारीले आग्रह गरेका छन् । आन्दोलनमा आफूहरुको समेत ऐक्यवद्धता रहेको भन्दै आफूहरुको पीडा समेत बुझिदिन उनले आन्दोलनरत पक्षको ध्यानाकर्षण गराए ।
मोर्चाका सप्तरी संयोजक रामप्रित यादव, सद्भावनाका दिपेन्द्र चौधरी, फोरम लोकतान्त्रिकका सत्यनारायण यादव, रामसपाका गजेन्द्र मण्डल (अनुराग), संघीय समाजवादी फोरम नेपालका अनिरुद्ध प्रसाद सिंह लगायतका नेताहरुले आफूहरुले यस विषयमा केन्द्रमा कुरा राख्ने प्रतिवद्धता व्यक्त गरे ।