‘अगामी वर्ष अफगानिस्तानमा हालकै संख्यामा अमेरिकी सैन्य’

‘अगामी वर्ष अफगानिस्तानमा हालकै संख्यामा अमेरिकी सैन्य’
Bwtech New Add With Software & Bull SMS

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले आगामी बर्षैभरी अफगानिस्तानमा अमेरिकी सैन्य संख्या दश हजारको हाराहारीमा नै कायम राख्‍ने योजनाको घोषणा गरेका छन्।

ह्वाईट हाउसमा बोल्दै राष्ट्रपति ओबामाले भने – सन् २०१७ देखि अमेरिकी सैनिकहरुको सो संख्यालाई घटाएर साढे पांच हजार पुर्याइने छ। राष्ट्रपति ओबामाले तालेवानलाई इंगीत गर्दै, अफगानिस्तानबाट सबै अमेरिकी सैन्य फिर्ता हुनका निम्ती ति विद्रोहीहरुले अफगान सरकारसंग गर्नुपर्ने दीगो राजनीतिक सहमति मात्र एउटा उपाय भएको बताए। अफगानिस्तानमा हाल दश हजार भन्दा केहि कम अमेरिकी सैनिकहरु परिचालित छन्।

यसअघि राष्ट्रपति ओबामाले त्यहांको दूतावासमा रहने गरी सानो संख्यामा मात्रै अमेरिकी सैनिकहरु राख्‍ने योजना गरेका थिए।

तर तालेवान उग्रवादीहरुको नयां आक्रमणको खतरा भोगीरहेको अफगान सेनालाई कसरी सर्वोत्तम ढंगले सघाउन सकिन्छ भन्ने विषयमा दुई पक्षिय वार्तापछि त्यस्तो निर्णय लिइएको अधिकारीहरुले बताएका छन्। बीबीसीका प्रतिरक्षा तथा कुटनीतिक सम्बाददाता जोनाथन मार्कस भन्छन् – अफगानिस्तानमा अमेरिकी सैन्य उपस्थितीको केहि महिना अघिबाट नै समिक्षा भैरहेको थियो। सैन्य उपस्थितीको अवधि लम्बाउने निर्णयसंग हालै कुन्दुज शहरलाई केहि समयको लागि भएपनि आफ्नो नियन्त्रणमा लिन तालेवान सफल भएको घटनासंग सम्बन्धित छैन।

तर सो घटनाले अफगान सैन्यलाई अमेरिकी सैन्य तालिम र परामर्शको आवश्यकता जारी रहेको भन्ने चाहिं उजागर गरिदिएको थियो।
राष्ट्रिय सुरक्षा परिषदले अफगानिस्तानमा अमेरिकी सैन्यको आक्रामक कार्वाही अभियानको अन्त्य भैसकेकोमा जोड दिएको छ। हाल त्यहां अमेरिकी सैनिकहरु अफगान सेनालाई आतंकवाद विरोधी कार्वाही र तालिममा सहयोग गर्न र परामर्श दिन मात्र सकृय रहेको बताइएको छ। अमेरिकी सैनिकहरुलाई काबुल, बाग्राम, जलालावाद र कान्दाहारमा परिचालन गरिने छ। बीबीसी डटकमबाट
Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *