मधेशी मोर्चाद्वारा राजविराजमा विरोध सभा

मधेशी मोर्चाद्वारा राजविराजमा विरोध सभा
Bwtech New Add With Software & Bull SMS

दुई महिनादेखि जनता आन्दोलनमा रहेका छन्, अहिलेसम्म माग सम्बोधन हुन नसकेको अवस्थामा सरकारमा जानुले पार्टी अध्यक्ष गच्छदारले सत्ता लोलुपताको परिचय दिएको छ ।

राजविराज, २६ असोज । मधेशी मोर्चा सप्तरीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै मङ्गलवार पनि राजविराजमा विरोधसभाको आयोजना गरेको छ ।
स्थानीय सहीद दशन चौकमा आयोजित सभामा बोल्दै मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका सप्तरी उपाध्याक्ष उमेश कुमार साहले हालै आफ्नो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारसहितका नेताहरु सरकारमा सहभागी हुनु दुर्भाग्यपूर्ण भएको बताए । जनता सडक आन्दोलनमा रहेको अवस्थामा पार्टीको निर्णय बिना सरकारमा गएर मधेशी जनताको भावनामा चोट पुर्याएको बताउँदै उनले भने ‘ दुई महिनादेखि जनता आन्दोलनमा रहेका छन्, अहिलेसम्म माग सम्बोधन हुन नसकेको अवस्थामा सरकारमा जानुले पार्टी अध्यक्ष गच्छदारले सत्ता लोलुपताको परिचय दिएको छ । देशका विभिन्न जिल्लाहरुमा असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग समेत गरेको चर्चा गर्दै आफूहरु समेत आफ्नै पार्टीको विरोधमा रहेको उनले बताए ।
विरोधसभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष सतिश कुमार सिंह, सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, तुफान मधेशी, राजकुमार राय, शिक्षक कैलाश यादव, पञ्चदेव यादव, राजेश कुमार झा, आशिष कुमार सिंह, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झालगायतका वक्ताहरुले सम्बोधन गरेका छन् ।
क्षेत्रीय आन्दोलन परिचालन समितिका संयोजक लक्ष्मण यादवको अध्यक्षतामा सभाको आयोजना गरिएको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *