• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

काठमाडौं, २६ असोज । नेपाल टेलिकमले दशैं, तिहार र छठको अवसर पारेर उपभोक्ताहरुलाई विशेष छुट दिने भएको छ ।
टेलिकमले यसअघि २ सय रुपैयाँमा दिँदै आएको जिएसएम तथा सिडिएमए मोबाइलको सिम तथा रिNepal-Telecom-NTCम कार्ड कार्तिक १ गतेदेखि लागु हुने गरी ९० रुपैयाँमा दिने जनाएको छ । उक्त सिमकार्डमा ५० रुपैयाँ टक टाइम रहने टेलिकमले जनाएको छ । टेलिकमले यसअघि २ सय रुपैयाँ हालेर सिम किनिसकेका तर एक्टिभेट नगरेकाहरुलाई असोज ३० गते भित्र एक्टिभेट गर्न पनि टेलिकमले आग्रह गरेको छ ।
टेलिकमका अनुसार असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म जिएसएम तथा सिडिएमए मोबाइलबाट कुरा गर्दा लाग्ने रकममा १० प्रतिशत छुट दिनेछन् । छुटपछि प्रिपेडबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेडबाट प्रति मिनेट ९० पैसामा कुराकानी गर्न पाइनेछ ।
असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म टेलिकमको नेटवर्कभित्र दैनिक हुने कुल एसएमएस बापत त्यति नै संख्यामा बोनस एसएमएस दिइने टेलिकमले जनाएको छ । टेलिकमले असोज २८ गतेदेखि कात्तिक २८ गतेसम्म एक महिनाका लागि जिएसएम तथा सिडिएमए मोबाइलका पोष्टपेड प्रयोगकर्तालाई ५० एमबी डाटा सित्तैमा उपलब्ध गराउने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टेलिकमले कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा (ल्याण्ड लाइन तथा सिडिएमए फोन) का प्रयोगकर्तालाई मासिक २ सय रुपैयाँमा एक सय ७५ निःशुल्क लोकल कल उपलब्ध गराउँदै आएकोमा कात्तिक महिनामा २ सय ७५ कल उपलब्ध गराउने जनाइएको छ ।