अमेरिकाद्वारा सिरियाली विद्रोहीलाई गोली-बारुद

अमेरिकाद्वारा सिरियाली विद्रोहीलाई गोली-बारुद
Bwtech New Add With Software & Bull SMS

सिरियामा कुर्दिश लगायत मध्यमार्गी विपक्षी समूहहरु इस्लामिक स्टेट जिहादीहरुसँग लडिरहेको बताइन्छ

अमेरिकी सेनाले उत्तर-पूर्वी सिरियामा इस्लामिक स्टेट जिहादीविरुद्ध लडिरहेका विद्रोहीहरुलाई ४५ टनभन्दा बढी गोली-बारुद तथा हातहतियार उपलब्ध गराएको छ।

पेन्टागनका एकजना प्रवक्ताका अनुसार सेनाको सुरक्षामा मालबाहक विमानले अल हसाका प्रान्तमा ती सामाग्रीहरु राखिएका बट्टाहरु खसालेको थियो।

अमेरिकी सेनाले साना हतियार, गोली-बारुद र ग्रिनेड उपलब्ध गराएको बताइएको छ। सिरियाका मध्यमार्गी विद्रोहीहरुलाई तालिम दिने ५० करोड डलर बराबरको योजना खारेज गरेको केही दिनपछि अमेरिकाले गोली-बारुद तथा हातहतियार उपलब्ध गराएको हो।

उक्त रकम अब स्थलमा स्थापित भइसकेका विद्रोही समूहका कमाण्डरहरुलाई चाहिएको अत्यावश्यक गोली-बारुद तथा हातहतियार उपलब्ध गराउनका निम्ति खर्च गरिने बताइएको छ।

पेन्टागनले विमानबाट खसालिएका गोली-बारुद तथा हातहतियारका सयभन्दा बढी बट्टाहरु सुरक्षित रुपमा संकलन गरिएको जनाएको छ।

पेन्टागनका अनुसार ती सामाग्रीहरु सिरियाली अरब समूहका निम्ति उपलब्ध गराइएका छन्, जसका नेताहरुलाई पहिचान गरिसकिएको छ र उनीहरुमाथि अमेरिकी नेतृत्वको गठबन्धन फौजको विश्वास रहेको छ। बीबीसीका रक्षा संवाददाता जोनाथन मार्कस भन्छन्, “यो सिरियाका विपक्षी लडाकुहरुलाई प्रशिक्षण दिई हतियार उपलब्ध गराउने आफ्नो ठूलो योजना विफल भएपछि यसप्रकारको गतिविधिलाई अमेरिकाले तीव्रता दिने संकेत हो।”

अब अमेरिकाले प्रत्येक लडाकुहरुलाई भन्दा उनीहरुका नेताको पहिचान गर्ने कार्यमा जोड दिने देखिन्छ।

लडाइका निम्ति साना हतियार र गोली-बारुद निश्चित समूहका निम्ति महत्वपूर्ण हुन सक्छ।

राक्का रिभोल्युसनरिज फ्रन्टका एकजना प्रवक्ताले इस्लामिक स्टेट समूहको पकड रहेको राक्कामा संयुक्त कारवाहीमा सघाउनका निम्ति आफूहरुलाई गोली-बारुद तथा हातहतियार उपलब्ध गराइएको समाचार संस्था रोयटर्सलाई बताएका छन्। बीबीसी डटकमबाट

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *