Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नारदमुनी थुलुङ फुटवल खेलमा गाईघाटले खाता खोल्यो

नारदमुनी थुलुङ फुटवल खेलमा गाईघाटले खाता खोल्यो

भरत खड्का
उदयपुर, २५ असोज । उदयपुरको बसाहामा सोमबारदेखि सुरु भएको चौथो नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट फुटबल क्लवले जित हात पारेको छ ।
बेल्टारबसाहा नगरपालिका–८ बसाहा रंगशालामा सन्चालन भएको खेलमा गाईघाटले एलेवेन एरोज दुहवीलाई ट्राईब्रेकर सर्डेनडेथमा ७ को विरुद्ध ८ गोल गर्दै विजयी भएको हो । ९० मिनेटको निर्धारितसमयमा १–१ गोलमा खेल बराबरी भएपछि ट्राईब्रेकर गरिएको थियो । खेल सुरुवातको चार मिनेटमै गाईघाटका प्रबिण श्रेष्ठले पहिलो गोल गरेर खाता खोले थिए भने खेलको १७ औँ मिनेटमा दुहवीका जितेन चौधरीले समूहका लागि १ गोल गरेपछ िखेल बराबरी भएको थियो । खेलको दोस्र्रो हाफमा पनि कुनै समुहले गोल गर्न नसकेपछि बराबरीमा टुंगिएको खेललाई ट्राईब्रेकरमा लगिएको थियो ।
खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल गर्ने गाईघाटका प्रबिण श्रेष्ठ म्यान अफ दि म्याच भए । प्रजातान्त्रिक लडाईका योद्धा स्वर्गिय नारदमुनी थुलुङको स्मृतिमा आयोजित प्रतियोगिताको मंगलबारको खेल डिसिटि सुनसरी र बसाहा क्लव उदयपुरबीच हुनेछ । अखिल नेपाल फुटवल संघ (एन्फा)का उपाध्यक्ष किशोर राईले उद्घाटन गर्नुभएको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका छन् । आगामी कात्तिक १ गते फाईनल हुने प्रतियोगितामा प्रथमलाई एक लाख १० हजार, दोस्रोलाई ५५ हजार रुपैया पुरस्कार राशी रहेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *