• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रधानमन्त्रीसहित आठ मन्त्रीको सपथ ग्रहण

राजविराज, २५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्रीमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादवले ओलीलाई जनताका नाममा प्रधानमन्त्रीको शपथ खुवाएका हुन् । प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति यादवले उपप्रधानमन्त्रीमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि शपथ ग्रहण गराएका छन् ।

यस्तै सपथ लिने मन्त्रीहरुमा एमालेबाट अग्नी खरेल, सोमप्रसाद पाण्डे र सत्यनारायण मण्डल छन ्। एमाओवादीबाट हरिबोल गजुरेल र राप्रपा नेपालबाट रामकुमार सुब्बालाई मन्त्री पदको शपद दिलाएका छन्। कुनै पनि मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइएको छैन । अन्य मन्त्रीहरुको चयन समेत भइरहेको जनाइएको छ । सप्तरीबाट मन्त्रीको सूचीमा फोरम लोकतान्त्रिकबाट जितेन्द्र नारायण देव, एमाओवादीबाट उमेश कुमार यादव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गङ्गाप्रसाद यादवको नाम समेत अग्र पंक्तिमा रहेको छ ।