राजेन्द्र महतोलाई भौतिक कारवाहीको चेतावनी

राजेन्द्र महतोलाई भौतिक कारवाहीको चेतावनी
Bwtech New Add With Software & Bull SMS

काठमाडौं, २२ असोज ।

तराई मधेशमा आन्दोलनरत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको घरमा आज पनि नारा जुलुस लगाइएको छ । देशभक्त युवा सञ्जालको नाममा त्यहाँ पर्चा पनि छरिएको छ ।

पर्चामा राजेन्द्र महतोलाई भौतिक कारवाही गर्ने उल्लेख गर्दै राज्यलाई भारतको आगाडि नझुक्न सल्लाह दिएको छ । ‘नुन तेलको बाहनामा लाइनमा बसी सरकारलाई दबाब नदेउ, हामी आधापेट खाएर बस्न सक्छौ, भारतसँग नझुक, भारतीय दलाल राजेन्द्र महतो, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, महन्थ ठाकुरलाई जनकारवाही गरौं, राजेन्द्र महतो काठमाडौमा जहाँ भेटिए त्यही भौतिक कारवाही गर्नेछौ’ जस्ता नारा सहितको पर्चा त्यहाँ छरिएको थियो ।
नारा जुलुस लगाउँदा त्यहाँ प्रहरीको पनि उपस्थिति थियो ।

‘प्रहरी नभएको भए त्यो समूहले घरमा तोडफोड र आगजनी गर्न सक्थ्यो,’ सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले भने, ‘प्रहरीकै अगाडि उच्छृंखल युवाहरु नेतालाई भौतिक कारावही गर्ने, जिउँदै जलाई दिने जस्ता नारा लगाउँदा उनीहरु मुकदर्शक भएर बसेका थिए ।’ युवाहरुलाई रकम दिएर सरकारले नै तोडफोड र नारालगाउन लगाएको नेता महतोको आरोप छ । हिजो पनि घरको अगाडि नारा जुलुस लगाउनुको साथै पार्टी कार्यालयमा तोडफोड गरिएको थियो । रातोपाटीबाट

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *