रुसद्वारा आइएस निशानामा क्षेप्यास्त्र प्रहार

रुसद्वारा आइएस निशानामा क्षेप्यास्त्र प्रहार
Bwtech New Add With Software & Bull SMS

रुसले सिरियाली राष्ट्रपति असादको सत्तालाई मद्दत गरेको पश्चिमा मुलुकहरुको आरोप छ । रुसले क्यास्पियन सागरस्थित उसका युद्धपोतहरुले सिरियामा रहेका इस्लामिक स्टेट उग्रवादीहरु विरुद्धका निशानामा २६ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । करीब पन्ध्र सय किलोमिटर परबाट हानिएका ती क्षेप्यास्त्रले ११ वटा निशाना ध्वस्त पारिएको रुसी रक्षा मन्त्रीले बताएका छन् ।
टेलिभिजनमार्फत प्रस्तुत राष्ट्रपति पुटिनसंगको भेटमा रक्षा मन्त्री सेर्गेइ सोइगुले सबै ११ निशाना ध्वस्त भएको अनि कुनै गैरसैनिक हताहति नभएको जनाए। ३० सेप्टेम्बरमा रुसले हवाइ हमला थाले यता यो नै रुसी र सिरियाली फौजको पहिलो संयोजित आक्रमण भएको देखिन्छ । यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
विगतमा पश्चिमा देशहरुले विद्रोहीलाई कमजोर पार्नु साटो सिरियाली राष्ट्रपति असदको सत्तालाई मद्दत पुराएको भन्दै रुसको आलोचना गर्दै आएका छन् । रुसले चाहिं एक साता यता आफुले गरेका हमलाले विशेषगरी गैर आइएस निशानामा प्रहार गरेको भन्ने विवरणहरुलाई अस्वीकार गरेको छ। यसैबीच सिरियाली अधिकारीहरुले रुसी विमानहरुको मदतप्राप्त सरकारी फौजले विद्रोहीहरु विरुद्ध हमला तेज पारेको जनाएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले हामा तथा इदलीब प्रान्तहरुमा सबैभन्दा चर्को लडाईं भइरहेको जनाएको छ । ती स्थानमा रुसी हवाइ हमला भएपछि लडाईं चर्किएको उसले बताएको छ । ३० सेप्टेम्बरमा रुसले हवाइ हमला थाले यता यो नै रुसी र सिरियाली फौजको पहिलो संयोजित आक्रमण भएको देखिन्छ । रुसले आफुले हमला गरेका सबै आतंकवादीका निशाना भएको बताएको छ । तर उसका केही हमलाले गैरसैनिक तथा पश्चिमाले समर्थन गरेका विद्रोहीलाई पनि निशाना बनाएको बताइन्छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *