• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा पनि संघीय मधेशी मोर्चाको हस्ताक्षर अभियान

सप्तरीमा पनि संघीय मधेशी मोर्चाको हस्ताक्षर अभियान

राजविराज, २० असोज ।

संघीय मधेशी मोर्चाले आन्दोलनबारे संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगका लागि सप्तरीसहित सम्पूर्ण मधेशमा एक हप्ते हस्ताक्षर कार्यक्रमले निरन्तरता पाएको छ ।

मोर्चाले सप्तरीसहित मधेशका जिल्लाहरुमा मंगलबारदेखि एक हप्ते हस्ताक्षर कार्यक्रम सञ्चालन भएको हो । मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संविधानमा मधेशी जनताको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोग जुटाउन सप्तरीमा समेत एक हप्ते हस्ताक्षर अभियान जारी रहेको नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादवले जानकारी दिए ।

उनका अनुसार राजविराज, कोचाबखारी, इनर्वाफूलबडिया लगायत जिल्लाको २० स्थानमा हस्ताक्षर संकलन कार्य भइरहेको छ ।

जारी आन्दोलनको पक्षमा जनमत सिर्जना गर्न मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपाल स्थित संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईने अध्यक्ष यादवले जानकारी दिए ।