• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सशक्त आन्दोलन आवश्यकः उपाध्यक्ष साह

DSCN5227रामसेवक यादव
भारदह, १९ असोज । सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ले शान्तिपूर्ण आन्दोलन ५३ औं पार गरिसक्दा पनि राज्यपक्ष गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरीको भारदहमा मङ्गलवार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । विश्वकै इतिहासमा यति लामो शान्तिपूर्ण आन्दोलन नभएको भन्दै राज्यपक्षले अझैं जनताप्रति इमान्दार नभएका कारण आन्दोलन लम्बिदै गएको बताए । सरकार वार्ताको नाममा नाटक गरिरहेको प्रष्ट्याउँदै उपाध्यक्ष साहले भने ‘सरकारी वार्ता टोलीले सरकारी दृष्टिकोण स्पष्ट रुपमा प्रस्तुत नगरेर वार्ता निष्कर्षविहिन हुँदैआएको ाछ ।
विरोधमा संघीय समाजवादी फोरम नेपालका जगदेव यादवले अधिकारको लागि जारी आन्दोलनको विकल्प नरहेको बताए । उनले भने ‘मधेशको माग पुरा गर्नुभन्दा सरकार गठन गर्ने खेलले प्राथमिकता पाएको हुँदा आन्दोलनको सुनुवाइ नभएको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाउन दशैं जस्तो पर्व पनि सडकमै मनाउन तयार रहनुपर्ने आह्वान गरे ।
आन्दोलन परिचालन समिति भारदहका संयोजक वीरेन्द्र माझीको अध्यक्षतामा विरोधसभाको आयोजना गरिएको थियो । यस अघि स्थानीयवासिन्दाको सहभागितामा बैण्डबाजा, ढोलकसहितको जुलुश प्रदर्शन गरिएको थियो । उक्त जुलुश भारदहको विभिन्न भाग परिक्रमा पश्चात सहीद चौकमा पुगी सभामा परिणत भएको थियो ।