- करुणा झा
राजविराज, सप्तरी, नेपाल
आमा तिमी मेरो जीवनमा, मनको बगैचा र फूलवारीमा ।
स्नेहरुपी अमृत धारा हौ, तिमी नै हरियाली वहार हौ ।।
तिम्रो स्नेहको आँचलमा, जति छायाँ पाएको छु ।
मेरो त संसार तिमी नै हौ, त्यसैमा म रमाएको छु ।।
तिमी नै रामचरित्र मानस, तिमी नै वेद र पवित्र गीता हौ ।
ऋचाको गरिमा पनि तिमी, तिमी नै हिमशिरको उचाई हौ ।।
तिमी नै तुलसीको मन्जरी, तिमी नै हावाको शितलु हौ ।
मातृत्व दिवसको शुभ विहानीमा, तिमी नै मेरो चारधाम हौ ।।
मेरो जीवन रुपी यात्रामा, तिमी नै स्तोत्र वन्दना हौ ।।