• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आमा
  • करुणा झा
    राजविराज, सप्तरी, नेपाल

आमा तिमी मेरो जीवनमा, मनको बगैचा र फूलवारीमा ।
स्‍नेहरुपी अमृत धारा हौ, तिमी नै हरियाली वहार हौ ।।

तिम्रो स्‍नेहको आँचलमा, जति छायाँ पाएको छु ।
मेरो त संसार तिमी नै हौ, त्यसैमा म रमाएको छु ।।

तिमी नै रामचरित्र मानस, तिमी नै वेद र पवित्र गीता हौ ।
ऋचाको गरिमा पनि तिमी, तिमी नै हिमशिरको उचाई हौ ।।

तिमी नै तुलसीको मन्जरी, तिमी नै हावाको शितलु हौ ।
मातृत्व दिवसको शुभ विहानीमा, तिमी नै मेरो चारधाम हौ ।।
मेरो जीवन रुपी यात्रामा, तिमी नै स्तोत्र वन्दना हौ ।।