खेलकुदमन्त्री पुरुषोत्तम पौडेलद्वारा राजीनामा

खेलकुदमन्त्री पुरुषोत्तम पौडेलद्वारा राजीनामा
Bwtech New Add With Software & Bull SMS


१४ असोज, काठमाडौं । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिएका छन् । पौडेलले बिहीबार अपराहृन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

अख्तियारको पत्रपछि प्रधानमन्त्रीले उर्जामन्त्री राधा ज्ञवाली र खेलकुद मन्त्री पौडेललाई राजीनामा गराउन र राजीनामा नगरे बर्खास्त गर्न जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गराएका थिए ।

बर्खास्त गर्न लागेको जानकारी पाएपछि मन्त्री पौडेलले राजीनामा दिएका हुन् । बालुवाटार जाँदै गर्दा बाटोमै अनलाइनखबरसँग कुरा गर्दै पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकाले राजीनामा दिएको बताए । पौडेलले भने-मैले ऐन नियम र कार्यविधि नाघेर कुनै काम गरेको छैन । तर, पनि प्रधानमन्त्रीले भनेपछि क्याबिनेट प्रणाली अनुसार राजीनामा दिनुपरेको हो ।’

पौडेलमाथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशव बिष्टलाई नियुक्त गरेकोमो अख्तियारले आपत्ति जनाएको थियो । बिष्टमाथि विदेशमा खेलाडी लगेर छाडेको लगायतका अभियोग रहेको अख्तियारको दावी छ ।

उर्जामन्त्री ज्ञवालीको राजीनामा भने अहिलेसम्म पुगेको छैन । उनको राजीनामा नगए आजै साँझसम्म बर्खास्त गर्ने तयारी बालुवाटारको रहेको छ । अनलाइन खबर

Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *