देशको बर्तामान समस्या र सामाधानको उपाय

देशको बर्तामान समस्या र सामाधानको उपाय
Bwtech New Add With Software & Bull SMS

– सुरेन्द्र यादव (श्रीपुर, १ सुनसरी) ।

आज हाम्रो देशको वर्तामान अवस्थालाई हेर्ने हो भने,  देश एकदमै बिषम प्रस्थीतिबाट गुर्जिरहेको छ  । दिन प्रति दिन देशको हालत जरजर बन्दै गइरहेको स्थिति छ  । मुलुकको आधा भन्दा बढि जनसंख्या बसोवास गरिरहेको  सिगौ तराई–मधेस आक्रान्त भएर आक्रोसले आगो बलिरहेको अवस्था छ भने सरकार प्रमुखदेखि मिडियासम्म सबै मित्रराष्ट्र र आफ्नै देशको समुदायलाई आरोपप्रति आरोप लगाउन तथा गालि गलोच गर्नमा ब्यस्त रहेको देखिन्छ  ।  यो  समस्या आउनुको कारण के हो ? र  यस्तो समस्या किन उब्जीयो ? यसलाई समाधान कसरी गर्न सकिन्छ भने कुरामा केही राजनैतिक बिश्लेषकदेखि हाम्रा देशका महान नेताहरु पनि वास्तविकतालाई लुकाउन खोजिएको देखिन्छ  ।  र यसै कारण मुलुक झन झन द्वन्दमा फस्दै गइरहेको अवस्था छ । म यो लेख मार्फत कसै प्रति झुकाव नराखेर सत्य–तथ्यलाई नेपाली दाजुभाई र दिदीबहनी समक्ष राख्न चाहन्छु ।

आजभन्दा सात बर्ष अगाडि हामीसबै न्ेपाली मिलेर तानासाहि राजतन्त्रको बिरुद्ध आन्दोलन ग¥यौं  र त्यसमा हाम्रा १९ जना नेपाली सपुतहरु सहिद भएपछि राजतन्त्रको बिधिवत् रुपमा अन्त्य भयो ।  तत्पश्चात् अन्तरिम संविधान २०६३ आउदा आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतका सिमांकृत वर्गहरुका अधिकारलाई थाती राखेपछि अन्तरिम संविधान २०६३ को बिरुद्धमा मधेसलाई बिभेद गरेको भन्दै मधेसमा ठुलो जनआन्दोलन सुरु भयो, जसमा मधेसका सम्पुर्ण सरकारी कार्यालयहरु बन्द गर्नुका साथै सडक आन्दोलनमा हजारको संख्यमा  सार्वजनिक यातायातदेखि निजी सवारी साधनहरु पनि जलाइएको  थियो  । सो आन्दोलनको २३ दिनको अवधि पश्चात् तत्कालिन राष्ट्रिय प्रमुखको हैसियतमा रहेको स्वर्गीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सरकारले मधेसको माग जायज ठहर गरि आन्दोलनका अगुवासँग २२ बुँदे र ८ बुँदे सम्झौता गरि पुनः अन्तरिम संविधानलाई संशोधन गरियो । जुन सम्झौतामा अहिलेका हाम्रा तीन दलका केही महामहिमहरु पनि सांक्षी बसेका थिए । तत्पश्चात् प्रथम संविधानसभाको चुनाव भयो र त्यसमा मधेसीहरुले नयाँ राजनैतिक शक्तिहरुको जन्मदियो तर ती नयाँ शक्तिहरु सत्ता र भत्ता पचाउनमा मात्र व्यस्त रहे र देशलाई नयाँ संविधान दिन नसकेपछि फेरी एक पटक मुलुक संक्रमणकाल मै रहि संविधानसभा–२ को निर्वाचन भयो जसमा हिमालदेखि तराईसम्मका जनताले नयाँ शक्तिलाई विस्थापित गरेर फेरी पुरानै पार्टीलाई निरन्तरता दिए । यसमा मधेसी, आदिवासी, जनजाति, दलित, र मुस्लिम लगायतका जनताले ठूलो अपेक्षा राखेका थिए । जब नयाँ संविधानको लेखन प्रक्रिया सुरु भयो त्यसमा मधेसी, आदिवासी, जनजाति, दलित र मुस्लिमलगायत अन्य सबै वर्गका नेताहरुले समस्या समाधान गर्ने कुरा पनि उठाएकै हो । तर संविधान जस्तो महत्वपूर्ण देशको मुल कानूनको लेखन प्रक्रियामा कसैको कुरा सुन्न नचाहने तीन दलले ह्यीप जारि गरेपछि कार्वाहीमा पर्ने डरले अन्तिम समयमा तीनै दलका मधेसी, आदिवासी, जनजाति, दलित र मुस्लिमलगायतका नेताहरुले आफ्ना पार्टीका महामहिमहरुको इच्छा अनुसार आत्मसम्र्पण गरि खुरु–खुरु प्रत्येक दस्तावेजमा सहि गरेर संविधान जारी गर्ने ढोका खोलि दिए । संविधान जारी गर्ने बेलामा राष्ट्र प्रमुख जस्तो व्यक्तिले पनि आफ्नो मनको कुरा केही बोल्न नपाउने गरि मन्त्रिपरिषद्बाट प्रमाणित गरेको कुरा मात्र संविधान जारी गर्ने बेलामा बोल्न पाउने कडिकडाउका साथ संविधान जारी गरियो । संविधान जारी भएपछि एकातिर दिपावली मनाइरहेको अवस्था देखियो भने अर्को तिर तराई –मधेसमा झन आक्रोसको राको बल्न थालियो । गाउँ–गाउँबाट लाखौको संख्यामा जनता सडकमा एककट्ठा भएर संविधान जलाउन थाल्यो । मैले मधेसका अग्रज र  बुद्धिजिवीहरुसंग छलफल गरेें । संविधान जारी भएपछि किन यो आक्रोश झन–झन बढदै गइरहेको छ । सबैको प्रतिकृयामा एउटै अवाज थियो । कि २०६२÷६३ को जनआन्दोलनमा १९ जना शहीद भएपछि राजतन्त्रलाई फालेर ल्याएको गणतन्त्र यदि सबैलाई स्वीकार छ भने  मधेस आन्दोलनमा ५४ जना शहीद भएर प्राप्त गरेको अधिकार किन आज पुनः खोसिएको छ  ? हाम्रा शहीदहरुको बलिदान र मधेसको भावनालाई किन बुझन सकेन यी तीन दलले । हामीले विश्वास गरेर यिनीहरुलार्ई तराई–मधेसबाट जिताएर पठाएका थियौँ । हामीलाई विश्वास थियो कि यो नेपालमा जसरी गणतन्त्रको अबका दिनमा कसैले अन्त गर्न सकदैन । त्यसरी नै मधेसले प्राप्त गरिसकेको अधिकारलाई पनि कसैले पल्टाउन सकदैन । तर जसमाथी हामी विश्वास ग¥यौ त्यसैले आज हामीसँग विश्वासघात गरेका छन् । फेरी एक चोटि हाम्रा ५४ जना शहीदको बलिदानी र मधेसको भावनालाई यी तीन दलले लत्याएका छन । आज बिभिन्न टिभी च्यानलहरुमा केही राजनैतिक विश्लेषकहरुले त्यति बेला भएको सम्झौता अहिले लागु गर्दा उचित हुुदैन भन्छन् । यो कस्तो अन्यायपूर्ण विश्लेषन गरिरहेको छ । मैले फेरी सोधे यसको उपाय के हुन सक्छ ? जसले गर्दा मुलुक निकास पाउन सक्छ । उनीहरुले जवाफ दिदै भने ‘तीन दल इमान्दार भएर बिगतको सम्झौताहरुलाई यथासिघ्र कार्यान्वयन ग¥यो भने हाम्रा मधेसी शहीदहरुको बलिदान र मधेसमको भावनाको कदर भएको ठहर हुन्छ  ।’ तर यो कस्तो बिडम्बना हो । जुन अधिकार आज भन्दा ६ बर्ष पहिला ५४ जना शहीद भएर प्राप्त गरेका थियौँे । आज फेरी त्यहि अधिकारको लागि आन्दोलनमा ४६ जना सपुतहरुलाई हामीले गुमाइ सकेका छौ । यस्तो अन्याय संसारको कुनै पनि मुलुकमा भएको सुन्नमा आएको छैन  । हाम्रो आन्दोलन गर्ने कुनै रहर होइन । तर जब भावना र स्वाभिमानमा कसैले ठेस पु¥याउछ अनि दुःख लाग्छ । कुनै नेपाली दाजु भाइले दःुख पाउन भने हाम्रो चाहना होइन । तर अधिकारबाट वञ्चित भएर पनि बस्न सकिदैन ।

अब यस्तो घटना क्रमबाट प्रस्ट हुन्छ कि वास्तवमा नै तिनदलले इमान्दारीका साथ मधेसले प्राप्त गरिसकेका अधिकार कार्यान्व्यनमा ल्याउनै पर्छ । मित्र राष्ट्रलाई आरोप लगाउन र गाली गलोच गरि मात्र बसी रहयो भने  मुलुक निकासको बाटोमा जान सकिदैन । त्यस कारण  २०६४ सालमा मधेसले प्राप्त गरिसकेको अधिकार तथा २२ बुँदे र ८ बुँदे सम्झौताहरु आनाकानी र टालटुल नगरिकन संविधान संशोधन गरि यथासिघ्र कार्यान्व्यनमा ल्याई मुलुकलाई  निकास दिनु पर्ने आजको आवश्कता देखिन्छ । वर्तमान अवस्थाको समस्याको समाधान यो भन्दा उचित अरु केही हुन सकदेन ।

Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *