नेपाल भित्र नेपालीत्व खोज्दै मधेश

नेपाल भित्र नेपालीत्व खोज्दै मधेश
Sinha Tempo

रोशनकुमार झा
फेसबुक, ट्वीटरमा भारतविरुद्ध पोखिएका आक्रोशको एक दशांशमात्रै नेपालको राष्ट्रियताको प्रबद्र्धनमा खर्च गरिएको भए नेपालका ५० प्रतिशत जनाताले संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा मनाउने थिएन । आफ्नो घरको बत्ति निभाएर संविधानको विरोध गर्ने थिएन । संविधानका प्रतिहरु जल्ने थिएन भने थालीहरु ठठ्ठाइने थिएन । नेपालका शतप्रतिशत जनता दिपावली गर्ने थिए । तर अफसोच, त्यसो भएन ।
आज हामी भारतको नेपालप्रतिको हेपाहा प्रवृतिलाई विरोध गर्दैछौं । गरौं, विरोधको यो स्वरमा मेरो आवाज पनि मिसिएको पाउनु हुनेछ तर यो विरोध गर्दा भविष्यमा कसैलाई पनि नहेप्ने प्रण गरेर मात्र विरोध गरौं । प्रण गरौं–आजबाट कुनै पनि मधेशीलाई ‘भैया, भेले, मधिशे, मर्स्या, धोती’ भनिदैन । काका र बाजे उमेरका कुनै पनि मधेशीलाई ‘तिमी’ भनेर सम्बोधन गरिने छैन । र एक पटक भूतकालमा गरिएका यस्ता गल्तीहरु प्रति पश्चाताप पनि गरौं ।
महत्मा गान्धीले भनेका थिए– त्यो परिवर्तन आफैबाट सुरु गर्नुस जुन तपाईं विश्वमा हेर्न चाहनु हुन्छ । यहाँ महात्मा गान्धीको भनाई उद्धृत गर्दा मलाई भारतीय, बिहारी, धोतीको कुरा गर्ने राष्ट्रवादी हुन सक्दैन भन्नेहरु पनि होला तर मलाई त्यसको कुनै परवाह छैन । मलाई थाहा छ, म त्यो देशको नागरिक हुँ, जहाँ थरगोत्र छालाको रंग र शरीरको पोशाक राष्ट्रियताको मापदण्ड हो । माफ गर्नु होला, मलाई यस्तो देखाबटि राष्ट्रियता अस्वीकार छ । हाम्रो राष्ट्रियताको अर्को दरो आधार भनेको भारतलाई विरोध गर्नु हो । मानौ, भारतलाई जसले जति ठूलो स्वरमा र जति बढी गाली गर्न सक्यो उ त्यति ठूलो राष्ट्रवादी । भारतको धारणा आफ्नो अनुकुल भए छिमेकीको स्वभाविक ‘रुची’ हुने र आफ्नो प्रतिकुल भए ‘हस्तक्षेप’ हुने यो कस्तो दोहोरो मापदण्ड ?
भारतले मधेशको आन्दोलनलाई किन पनि समर्थन गर्दैन भने मधेशबाट उसका रुचीहरु पूरा हुन सक्दैन । उसका रुचीहरु पहाडबाट निरन्तर बग्ने पानीमा छ । र त्यसको सम्झौता प्रदीप ज्ञवालीले दिल्ली गएरै गरिसके । भावी प्रधानमन्त्री केपी ओलीजी त्यसलाई अक्षरांकण गर्ने मात्र हो ।
त्रिभूवनले भारतकै शरण लिएका थिए । चन्द्रशेखरले नेपाल आएर भाषण गर्दा २०४६ सालको प्रथम जनआन्दोलन सफल भएको थियो । ज्ञानेन्द्रलाई सत्ताच्युत गर्न भारतको सहयोग चाहिएकै थियो । १२ बुँदे सम्झौता भारतमै भयो । १७ हजार नेपालीलाई मार्ने प्रचण्डलाई भारतमा शरण दिईंदा भारतको ‘सहयोग’ हुने र त्यही भारतले सबैको मान्य हुने संविधान बनाउ, कसैलाई निषेध नगर भन्दा हस्तक्षेपको आरोप खोक्रो राष्ट्रवादको नमूना होईन र ? मधेशका सशस्त्र आन्दोलन गरिरहेका मनेजर महतो, राजन मुक्तिलगायतकाहरुलाई भारतले समातेर दिँदा ‘वाह–वाह’ गर्नेहरु मधेशलाई अधिकार देऊ भनेर भारतले भन्दा ‘हस्तक्षेप’ किन देखिन्छ ?
नेपालमा नुनदेखि सुनसम्मको कारोबारमा भारतलाई खुल्ला हस्तक्षेपको बाटो खोल्ने यी राष्ट्रवादीहरु आफ्नो प्रतिकुलताको अवस्थामा भने साउने भ्यागुतोजस्तै ट्वार ट्वार गर्नुको कुनै अर्थ छ ? मधेशीलाई युपीबासी र बिहारी भन्ने ‘राष्ट्रवादी’ ओलीको दूत प्रदीप ज्ञवालीले दिल्लीमा कुन कुन सम्झौता गरे त्यो आम नेपालीलाई थाहा नभएको होईन । पाइपलाइनमा भएका सबै सम्झौता गरिदिने र त्यसका लागि सहयोग गर्न भारतलाई आग्रह गरेका ओलीले राष्ट्रवादको नारा लगाउन कतिको सुहाउँछ ?
भारतले संविधानको स्वागत गरेन । स्वागत गर्नु र नगर्नु उसको काम हो, यो हाम्रो टाउको दुखाइको विषय किन बन्छ ? भारतले भन्दा प्रक्रिया कथित रुपमा रोक्ने, (जुन वास्तवमा रोकेको भन्न मिल्दैन) तर मधेशमा आन्दोलन भईरहँदा आँप झरेको अभिव्यक्ति दिनेहरु कसरी राष्ट्रवादी हुन सक्छन् ? विगत ४० दिनदेखि मधेशीहरु मरिरहँदा मधेशको ‘म’ सुन्न नचाहने व्यक्तिहरु भारतको घुर्किपछि किन मधेशी नेताहरुको घर घर चहार्न थालेका छन ?
१६ बुँदे सहमतिको कथित संयोजनकर्ता विजय गच्छेदारलाई जारी भएको कथित नेपालको संविधानमा हस्ताक्षर गर्न वातावरणसमेत नमिलाई दिनेहरुलाई कसरी राष्ट्रवादी भन्ने ? प्रश्नहरु अझ धेरै छन् तर उत्तर छ्रैन । हुने उत्तरहरु पनि अन्धो राष्ट्रवादको चास्नीमा डुबेका छन् । मेरा प्रश्नहरुमा ‘तिमी’लाई साम्प्रदायिकता देखिनेमा म ढुक्क छु । तर वर्षेनी खुल्ने अमेरिकी डिभि लटरीमा फर्म भर्नेहरुको भिड र सूची हेर्ने हो भने कसको राष्ट्रवादको पैजामाका तुना कत्ति कसिलो गरि बाँधिएको हो भने स्वतः स्पष्ट हुनेछ । भारतले मात्र होईन, संयुक्त राष्ट्रसंघले समेत संविधानको स्वागत गरेको छैन । अमेरिकाले गरेको स्वागतको स्वरमा पनि न्यानोपन छैन ।
अन्य देशहरुले समेत चिसो स्वागतमात्र गरेका छन् । चीनले औपचारिक रुपमा अहिलेसम्म संविधानको स्वागत गरेक छैन् तर उनीहरुलाई त गाली छैन । ‘तिम्रो’ संविधानलाई स्वागत नगर्दैमा कोही हस्तक्षेपकारी हुन्छन् भने यो उसको होईन ‘तिम्रो’ दृष्टिदोष हो । विश्वका कुनै पनि देशले हिंसाकोबीच, कफ्र्यू लगाएर, एउटा समूदायलाई पूर्णरुपमा संविधान निर्माण प्रक्रियाबाट अलग गरेर, विगतमा गरिएका सहमति सम्झौताहरु लत्याउँदै, एकल जातीय वर्चस्व कायम हुने गरी ल्याईएको संविधानलाई स्वागत गर्दैन, गर्न पनि सकिदैन ।
नेताहरु अहिले आएर अलाप्दै छन् मधेशका जायज मागहरु पूरा गरिनेछ । म सोध्न चाहन्छु, कि मागहरुको जायजपन र नजायजपन नाप्ने ‘पारामिटर’ के हुन ? मधेशका मागहरु नाजायज छन् भने कुन कुन मागहरु के कति कारणले नाजायज छन् ? यदि नाजायज नै छन् भने ती मागहरुमा विगतमा किन सहमति गरियो ? अन्तरिम संविधानमा किन उल्लेख गरियो ? मधेशीहरुले अहिले कुनै नयाँ माग अघि सारेका होईनन्, पुरानो मागहरु कार्यान्वयन गर मात्र भनेको हो ।
मधेशको आन्दोलनलाई साम्प्रदायिक बनाउन सरकारले कुन प्रयत्न गरेन । गृह मन्त्रालयको विज्ञप्तीजस्तै समाचार सम्प्रेशन गरेर नेपालका कथित राष्ट्रिय मिडियाहरुले देखाएको सम्प्रादायिक चरित्रलाई मधेशले मुल्याङ्कन नगरेको होईन । तर पनि मधेश शान्त भएर शालिनतापूर्वक आन्दोलन गरिरहेको छ । भैरहवामा ४ वर्षीय बालक मारिँदा, जनकपुरमा १४ वर्षीय निकु यादवको हात बटारेर टाउकोमै गोली हान्दा एक शब्द नबोल्नेहरु राष्ट्रवादका माला जप्ने ढोंगीमात्र हुन । हो, प्रहरीको हत्या हुनु निश्चय पनि निन्दनीय कार्य थियो । त्यसको विरोध गर्नु पर्छ । दोषीलाई कार्वाही गर्नुपर्छ । तर प्रदर्शनकारीको टाउको र छातिमै ताकेर गोली हान्ने कार्यको विरोध पनि त्यहि रुपमा भयो भने मात्र राष्ट्रियता र राष्ट्रिय एकता झल्किनेछ । तर होईन, गिरिशचन्द्र लालको बेञ्चले गरेको फैसलामा तिमी साम्प्रदायिकता हेर्छौ, मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तीमा राष्ट्रिय मानवअधिकार आयोगको छाया हेर्दैनौ, त्यहाँ आन्दोलनकारीको विज्ञप्ती देखिन्छ । रुक्मांगद कटुवाललाई थमौती दिँदा प्यारो देखिएको राष्ट्रपति सबैलाई समेट भन्दा विखण्डनकारी देखिन्छ । यो तिम्रो अन्धो राष्ट्रवाद होईन ? होईन भने संविधानसभामा राष्ट्रपतिको मानमर्दन गर्ने दुस्साहस कसरी गर्न सक्छौ ?
घरको झगडा घरमै छुटाउनु पर्छ । बाहिरी हस्तक्षेप कुनै पनि अवस्थामा स्वीकार हुँदैन । तर ‘घरमा बलियाले कमजोरलाई कुट्दै गर्दा छिमेकीहरु चुप्प लागेर बस्दैनन् ।’ भनेर भारतीय ‘हस्तक्षेप’लाई यहाँनेर जायज ठह¥याउन जबरदस्त तर्क छ मसंग । तिमी कुट्दा ठिक म एय्या.. भन्दा विखण्नकारी हुने ? भारतले नेपालमा नाकाबन्दी गर्ने वा नगर्ने त्यो उनीहरुको कुरा हो । मधेशको जनताको हित रक्षार्थ भारतले नाकाबन्दी गर्ला भन्ने कल्पना गर्न सकिँदैन । भारतले नाकाबन्दी ग¥यो भने पनि त्यो उसको सीमाको सुरक्षाको लागि मात्र हुनेछ । किनकी बिहारमा चुनाव हुँदैछ र यस्तो अवस्थामा उसले सीमा क्षेत्रमा तनाव हेर्न चाहेको छैन । भारतले मधेशको आन्दोलनलाई किन पनि समर्थन गर्दैन भने मधेशबाट उसका रुचीहरु पूरा हुन सक्दैन । उसका रुचीहरु पहाडबाट निरन्तर बग्ने पानीमा छ । र त्यसको सम्झौता प्रदीप ज्ञवालीले दिल्ली गएरै गरिसके । भावी प्रधानमन्त्री केपी ओलीजी त्यसलाई अक्षरांकण गर्ने मात्र हो ।
विगतमा भारतले १३ महिनासम्म नेपालमा नाकाबन्दी गर्दा मधेशले तपाईहरुको घर घरमा नुन तेल पु¥याएकै हो । अहिले पनि जानको बाजी थापेर भए पनि तपाईंहरुलाई भोकै बस्न दिँदैन । किनकी मधेशीले तपाईहरुको विरुद्धमा आन्दोलन गरेको छैन । मधेशको आक्रोश राज्य विरुद्ध हो । विगतमा सहमति गरेर त्यसलाई पुरै वेवास्ता गरेको राज्यको द्वैध चरित्रलाई मधेशीहरुले विरोध गरेको हो । सम्प्रदायिक संविधानलाई आफ्नो रगतले समावेशी बनाउन खोजेको हो । यो आन्दोलन नेपालभित्र मधेशको खोजीमा छ, नकी नेपाल बाहिर ।
मधेशले नेपाल खोजेको छ । नेपालीत्व खोजेको छ । नेपालभित्र नेपालरुपी सयौं थँुगा फूलको मालामा आफ्नो थुँगा खोजेको छ । नेपाली ऐनामा मधेशी अनुहार खोजेको छ । तर त्यसकालागि उसलाई नेपाली टोपी स्वीकार्य छैन । मधेशीको धोतीमा राष्ट्रियता खोज्नु साम्प्रदायिक हुनु हो भने मधेशी सयौं जुनी साम्प्रदायिक हुन तयार छ ।
अन्तमा, पुरनेन्दु दाईले भने जस्तै ३‎दबअपयााष्लमष्ब ले नेपालको आन्तरिक समस्यालाई समाधान गर्दैन बरु‪३‎न्यःबमजभकजत्यउीभबमभचक ‪३‎ःबपझबमजभकजअभिबचबदयगतअयलकतष्तगतष्यल ‬ले मधेशको दुखेको मनलाई केही राहत दिनेछन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *