• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आश्विन १४, २०७२- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफू क्रिकेटको हितमा बोलेकोलाई अन्यथा नठान्न आग्रह गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले नेपाली क्रिकेटको अवस्थाबारे बुधबार आयोजना गरेको छलफलमा पारसले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट विकासका लागि मौखिक रूपमा भन्दा पनि लिखित सुझाव दिन उपयुक्त हुनुपर्ने धारणा राखे । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले क्रिकेट बोर्ड गठनको पहल पहिले नै भएको बताउँदै क्रिकेटलाई व्यवस्थित गर्नेतर्फ लागिरहेको जानकारी गराए ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले नेपाल क्रिकेट संघ (क्यान) लाई सुधार्ने विषयमा सुझाव आवश्यक भएकाले छलफल कार्यक्रम आयोजना गरिएको बताए । कान्तिपुर प्रकाशित: आश्विन १४, २०७२