• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

समाचार छापिएपछि खुल्यो पत्थरगाडाको नाकाबन्दी

समाचार छापिएपछि खुल्यो पत्थरगाडाको नाकाबन्दी

राजविराज, २८ मंसिर । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ पत्थरगाडाका जनप्रतिनीधिद्वारा लगाईएको नाकाबन्दी शुक्रवारदेखि खोलिएको छ ।
‘न्यूज टुडे’मा समाचार सार्वजनिक भएपछि बाटो बन्द गराउँदा थुनिएकी एकल महिला सीता देवी सहित ९ जना हिडडुल गर्ने बाटो प्रहरीको पहलमा खुल्ला गरिएको हो । विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रहरीले दुबै पक्षलाई सहमतीमा राखेर पीडित महिला सीता देवीका छोराहरु विदेशबाट नआएसम्मकालागि बाटो खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वडा नम्वर ९ का वडा अध्यक्ष कर्णदेव चौधरीले ५० वर्षीया एकल महिला सीतादेवी शर्माको ९ सदस्यीय परिवारलाई तीन दिनदेखि घर बाहिर आउजाउ गर्ने बाटो थुनिदिएका थिए । जसका कारण उनीहरु पशु चौपायासहित २ बुहारी र ६ नातिनातिना नाकाबन्दीमा परेका थिए । पीडित सीता देवीका अनुसार कुल एक कठ्ठा आठ धुरमध्ये १४ धुर जग्गा देवरले भोगचलन गरिरहेका छन् । उक्त समस्या समाधान गर्न आफुले गाउँले र प्रहरी पनि गुहारेँ तर चित्त नबुझेपछि बाध्यतावश अदालतमा मुद्दा दर्ता गराएको उनले बताईन् ।